logo
२ चैत्र २०८१, शनिबार

नदीनाला स्वच्छ राख्न नीतिगत निर्णय आवश्यक : उपप्रधानमन्त्री सिंह

नदीनाला स्वच्छ राख्न नीतिगत निर्णय आवश्यक : उपप्रधानमन्त्री सिंह

ललितपुर । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नदीनाला स्वच्छ राख्न जनप्रतिनिधिहरूलाई आवश्यक नीतिगत निर्णय गर्न आग्रह गर्नुभयाे ।

ललितपुरस्थित गोदावरी नगरपालिकाको नवौँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले यसका लागि ढल र सेफ्टी ट्याङ्की व्यवस्थापनमा ध्यान दिन आग्रह गर्नुभएको हाे ।

उपप्रधानमन्त्री सिंहले नगरपालिकाभित्र नयाँ घर निर्माणका क्रममा सेफ्टी ट्याङ्कीको व्यवस्थापन नगर्ने हो भने नदी झन् प्रदूषित हुने भन्दै सचेत रहनुपर्नेमा जोड दिनुभयो ।

जमिनमा पानीको सतहलाई कम हुन नदिनका लागि वर्षाको पानी सङ्कलन गरेर सदुपयोग गर्ने पद्दतिलाई ध्यान दिन पनि आवश्यक रहेको भन्दै उपप्रधानमन्त्री सिंहले यसतर्फ जनप्रतिनिधिले विशेष चासोका साथ काम गर्नुपर्ने बताउनुभयो ।

TOP