logo
२ चैत्र २०८१, शनिबार

एकले अर्कोलाई स्वीकार गराैँ : प्रवक्ता महत

एकले अर्कोलाई स्वीकार गराैँ : प्रवक्ता महत

चितवन । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पार्टीलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने बताउनुभयाे ।

नेपाल प्रेस युनियनले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि गर्नु जरुरी रहेको बताउनुभएको हो ।

माथिबाट तल्लो तहसम्म निर्वाचन हुने प्रक्रियाले निर्वाचित हुनेले आफू भन्ने र हार्नेले असहयोग गर्ने प्रवृत्ति अन्त्य गर्न विधानका कमीकमजोरीलाई सच्याउन आवश्यक रहेको उहाँको भनाइ छ ।

एकले अर्कोलाई स्वीकार गर्ने वातावरण तयार गरेर अघि बढ्नु अहिलेको आवश्यकता रहेको उहाँले बताउनुभयो ।

अर्को प्रसङ्गमा पार्टीको महाधिवेशन २०८२ सालमा सम्भव नरहेको उहाँले बताउनुभयो ।

विधानतः एक वर्ष छ महिना थप्न सकिने भए पनि कति समय थप हुन्छ केन्द्रीय समितिको बैठकले निर्णय गर्ने उहाँको भनाइ छ ।

TOP