logo
२ चैत्र २०८१, शनिबार

भ्रष्टाचार छानबिनका लागि शक्तिशाली आयोग बनाउन माग

भ्रष्टाचार छानबिनका लागि शक्तिशाली आयोग बनाउन माग

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले विगतमा भएका ठूला ठूला भ्रष्टाचारको छानबिन गर्नका लागि शक्तिशाली आयोग बनाउन माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको मंगलवारको बैठकको विशेष समयमा बोल्दै सांसद शर्माले विगतका सबै अनियमितता र भ्रष्टाचारको छानबिनका लागि सबै तयार हुनुपर्ने बताउनुभयो ।

वैदेशिक रोजगारीमा रहेका र विप्रेषण पठाएर देशलाई सहयोग गर्नेको समस्या समाधानका लागि सरकारले विशेष सम्बोधन गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । मुलुकभित्रै रोजगारी सिर्जना गर्नेतर्फ कोही कसैको सोच नभएको स्पष्ट पार्दै उहाँले बाँझो जमिनलाई हराभरा बनाउने अभियान सञ्चालन गर्नुपर्ने र सोही दिशामा बहस हुनुपर्ने तर्क गर्नुभयो ।

राष्ट्रिय गौरवका आयोजना लामो समयसम्म पनि पूरा नहुने अवस्थाको अन्त्यका लागि संसदभित्र बहस हुनुपर्ने भए पनि अन्य विषयमा केन्द्रीत रहेको उहाँको भनाइ छ ।

TOP