

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पाथीभरा केबलकारको विषयमा उत्पन्न समस्या वार्ता र सहमतिबाटै समाधान गर्नुपर्ने बताउनुभएकाे छ ।
साेमबार गृह मन्त्रालयमा उक्त विवाद समाधानका लागि गठित आन्दोलनरत पक्षका वार्ता टोली एवं सरोकारवालासँगको भेटमा उहाँले आपसी सहमतिबाट मात्रै समस्या समाधान गर्न सकिने भएकाले सबै गम्भीर हुनुपर्ने बताउनुभयो ।
यसअघि मन्त्रालयद्वारा गठित वार्ता टोली र आन्दोलनरत पक्षका वार्ता टोलीबीच हिजो भएको छलफलमा अन्तिम निष्कर्ष नआएपछि आज गृहमन्त्रीसँग भेटघाट गरिएको हो ।
मन्त्री लेखकले शान्तिपूर्ण रूपमा समस्या समाधान खोज्न आग्रह गर्दै त्यस विषयमा सरकार पनि गम्भीर रहेको बताउनुभएको थियो ।
भेटमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता योगेश भट्टराई, आदिवासी जनजातिका नेताहरूको समेत सहभागिता रहेको थियो ।
प्रतिक्रिया