logo
२ चैत्र २०८१, शनिबार

‘गणतन्त्रपछि सबैको पहिचान जोगाउने अवसर प्राप्त भयो’

‘गणतन्त्रपछि सबैको पहिचान जोगाउने अवसर प्राप्त भयो’

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले गणतन्त्रको उपलब्धिका रूपमा वर्तमान संविधान जारी भएपछि सबै जातजाति र समुदायलाई आ-आफ्ना धर्मसंस्कृति, वेशभूषा र पहिचान जोगाउने अवसर प्राप्त भएको बताउनुभएको छ ।

बूढानीलकण्ठ नगरपालिकाद्वारा आयोजित ल्होसार/ल्होछार/लोसार शुभकामना आदान-प्रदान कार्यक्रममा शनिबार उहाँले गणतन्त्र स्थापनापछि गठन भएको ‘ककस’ले महिला र आदिवासी जनजातिका मुद्दालाई सशक्त रूपमा ल्याएकै कारण राजनीतिक जागरण पैदा भएको बताउनुभयो ।

मुलुकमा १२४ वटा भाषाले राष्ट्रिय भाषाको मान्यता प्राप्त गरेपछि ती भाषाभाषीले आफ्नो पहिचान स्थापित भएको रूपमा ग्रहण गरेको उहाँको भनाइ थियो ।

TOP