logo
२ चैत्र २०८१, शनिबार

नीति बनाउँदा विज्ञान र प्रविधिलाई समेट्नुपर्छ : उपप्रधानमन्त्री सिंह

नीति बनाउँदा विज्ञान र प्रविधिलाई समेट्नुपर्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले विकासका लागि विज्ञान र प्रविधि आवश्यक रहेको बताउनुभएको छ ।

बसुन्धरास्थित साउथवेष्टर्न स्टेट कलेजले बिहीबार आयोजना गरेको १३औँ विज्ञान प्रदर्शनीको उद्घाटन गर्दै उहाँले आगामी दिनमा शिक्षा नीति बनाउँदा विज्ञान र प्रविधिलाई समेट्नुपर्ने बताउनुभयो ।

राज्यले विज्ञान तथा प्रविधिको क्षेत्रमा पर्याप्त लगानी गर्न नसकेको उहाँको भनाइ छ ।

उपप्रधानमन्त्री सिंहले विद्यार्थीले सैद्धान्तिक ज्ञान र सीपलाई व्यावहारिक बनाउन यस्ता प्रदर्शनीले मद्दत पुग्ने बताउनुभयो ।

TOP