logo
३० माघ २०८१, बुधबार

समाज रुपान्तरणमा युवाहरूको ऊर्जा प्रयोग हुनुपर्छ : अध्यक्ष दाहाल

समाज रुपान्तरणमा युवाहरूको ऊर्जा प्रयोग हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाहरूको ऊर्जा समाजको अग्रगामी रुपान्तरणमा सही ढङ्गले प्रयोग हुनुपर्ने बताउनुभएको छ ।

अखिल (क्रान्तिकारी)का नवनिर्वाचित पदाधिकारीहरुले बिहीबार उहाँको निवास खुमलटारमा गरेको भेटमा अध्यक्ष दाहालले युवाहरू शैक्षिक आन्दोलनको अगुवाई र राजनैतिक आन्दोलनको सेवामा सही ढङ्गले प्रयोग हुनसके देशको मुहार फेरिने बताउनुभयो ।

अध्यक्ष पुष्पकमल दाहालले सम्पुर्ण निर्वाचित समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै देश विकास, समाज रूपान्तरण र सुशासनका पक्षमा लाग्न तथा गलत कृयालापविरूद्ध उत्रिन आह्वान गर्नुभयो ।

माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा विजय सापकोटा, महासचिवमा रोशन थापा मगर, कोषाध्यक्ष फुलमाया राना मगरसहितको केन्द्रीय समिति निर्वाचित भएको थियो ।

TOP