

काठमाडाैँ । गृहमन्त्री रमेश लेखकले पत्रकारिता लोकतन्त्रको संरक्षक भएको बताउनुभएको छ ।
सिंहदरबारस्थित गृहमन्त्रालयमा साेमबार नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्दै गृहमन्त्री लेखकले निष्पक्ष पत्रकारिता लोकतन्त्रको खम्बा भएको बताउनुभयो ।
गृहमन्त्री लेखकले कुनै पनि तवरले पत्रकारिताको स्वतन्त्रता र व्यावसायिकताको सुनिश्चितता हुने विश्वास दिलाउनुभयो । पत्रकारिता मर्यादित, व्यवस्थित र सत्यमा आधारित हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष निर्मला शर्माले पत्रकार महासङ्घको निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सरकारले निभाएको भूमिकाप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।
प्रतिक्रिया