

लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनतालाई अनुभूत हुनेगरी विकास-निर्माणका काममा सरकार क्रियाशील रहेको बताउनुभएको छ ।
दोर्दी गाउँपालिका-६ कीर्तिपुरबेंसीस्थित भगवान् आधारभूत विद्यालयको शनिबार आयोजित स्वर्णजयन्ती समारोहमा देशलाई विकासको पथमा अग्रसर गराउन सरकार लागिपरेको उहाँले बताउनुभयो ।
देश विकासका लागि दुई ठूला दलको सरकार बनेकाले आगामी तीन वर्षसम्म वर्तमान सरकार नै कायम रहने उहाँले बताउनुभयो ।
सिंहदरबारको अधिकार गाउँगाउँमा पु¥याउने भनिए पनि गाउँका जनताले त्यो अधिकार उपभोग गर्न नपाएका र उनीहरूले महसुस गर्नेगरी सरकार काममा लागेको बताउनुभयो ।
अर्थतन्त्र सुदृढ पार्न, लगानी भित्र्याउनेलगायत सदन अधिवेशन नभएको अवस्थामा देशलाई आवश्यक पर्ने ऐनकानुन अध्यादेशमार्फत जारी गरिएको उहाँले स्पष्ट गर्नुभयो ।
प्रतिक्रिया