

काठमाडाैँ । नेपाल सरकारले यही माघ ९ गते भारतको महाराष्ट्र राज्यको जलगाउँ जिल्लाको परधाडे स्टेशननजिकै भएको रेल दुर्घटनामा परी सात जना नेपालीसहित १२ जनाको मृत्यु भएको खबरप्रति दुःख व्यक्त गरेको छ ।
परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्तिमार्फत उक्त दुर्घटनामा आफन्त गुमाएका शोकाकूल परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
उक्त रेल दुर्घटनामा परी कमला नवीन भण्डारी, लछिराम पासी, हिमु नन्दराम विश्वकर्मा, नन्दराम पद्म विश्वकर्मा, मैसारा कामी विश्वकर्मा, जोक्ला उर्फ कला कामी र राधेश्याम राध नेपालीको निधन भएको मन्त्रालयले जनाएको छ ।
दुर्घटनामा घाइते भएका चार नेपालीहरूमध्ये तीन जनाको स्थानीय अस्पताल र गम्भीर घाइते भएका एक जनाको गोदावरी अस्पताल, जलगाउँमा उपचार भइरहेको छ ।
प्रतिक्रिया