logo
२४ माघ २०८१, बिहीबार

‘गणतन्त्रको संस्थागत विकासमा राससको योगदान प्रशंसनीय’

‘गणतन्त्रको संस्थागत विकासमा राससको योगदान प्रशंसनीय’

काठमाडाैँ । उपराष्ट्रपति रामसहाय यादवले पछिल्लो समय राष्ट्रिय समाचार समिति (रासस) ले सत्य, तथ्य र विश्वसनीय समाचार सम्प्रेषण गरी लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र जनताको सुसूचित हुने अधिकारलाई सुनिश्चित गर्न पु¥याएको योगदानको प्रशंसा गर्नुभएको छ ।

उपराष्ट्रपति यादवले बिहीबार उपराष्ट्रपतिको कार्यालयमा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झासमेतको टोलीसँगको भेटघाटका अवसरमा राससले समाचार विविधीकरणमा गरेका प्रयासहरुका बारेमा आफू जानकार रहेको र आगामी दिनमा पनि यसलाई अझ बढाउँदै लैजान सकिने धारणा व्यक्त गर्नुभयो ।

भेटमा कार्यकारी अध्यक्ष झाले पछिल्लो समय राससले चौबिसै घण्टा समाचार सम्प्रेषण गर्नुको साथै विभिन्न मातृभाषामा समाचार सम्प्रेषण, श्रव्यदृश्य र विचार सेवा सञ्चालन गरी समाचारमा विविधीकरण एवं संस्थागत सुदृढीकरणमा जोड दिएको बताउनुभयो ।

ताजा अपडेट
TOP