logo
२४ माघ २०८१, बिहीबार

अब देश बनेन भनेर चिन्ता गर्नुपर्दैन : उपप्रधानमन्त्री सिंह

अब देश बनेन भनेर चिन्ता गर्नुपर्दैन : उपप्रधानमन्त्री सिंह

बागलुङ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकारले नागरिक पक्षमा केन्द्रित रहँदै नागरिकमा आशा जगाउने काम गरिरहेको बताउनुभएको छ ।

बुधबार बागलुङ नगरपालिकालाई ‘स्थानीय शासनयुक्त बालमैत्री नगर घोषणा’ सभामा मन्त्री सिंहले सरकारले नागरिकका निराशा चिर्दै आशा जगाउने काम गरिररहेको बताउनुभयो ।

स्वदेशमा सीप विकास, रोजगारीका अवसर सृजना गर्दै युवालाई स्वदेशमा बस्ने वातावरण बनाउने पक्षमा काम भइरहेको भन्दै अब देश बनेन भनेर चिन्तित हुनुपर्ने अवस्था नभएको उपप्रधानमन्त्री सिंहले बताउनुभयो । पछिल्लो समय नकारात्मक टीकाटिप्पणी बढी हुने गरेको भन्दै हल्लाको पछाडि नलाग्न उहाँले आग्रह गर्नुभयो ।

सरकारले शिक्षालाई गुणस्तरीय, व्यवहारिक र जीवनउपयोगी बनाउनका लागि काम गरिरहेको भन्दै अबको शिक्षा दक्ष जनशक्ति उत्पादन गर्ने खालको हुने मन्त्री सिंहले बताउनुभयो ।

सो अवसरमा मन्त्री सिंहले बागलुङ नगरपालिका-१३ मा पर्ने गणेशमान सिंह मार्ग समयमा निर्माण सम्पन्न गर्न आवश्यक बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

ताजा अपडेट
TOP