logo
३० माघ २०८१, बुधबार

सरकार हाम्रो प्राथमिकतामा छैन : अध्यक्ष प्रचण्ड 

सरकार हाम्रो प्राथमिकतामा छैन : अध्यक्ष प्रचण्ड 

भरतपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्रको प्राथमिकता सरकार नभएको स्पष्ट पार्नुभएको छ ।

चितवनमा मंगलवार पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उहाँले माओवादी केन्द्रको प्राथमिकता जनता भएको बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “अहिले हाम्रो प्राथमिकता सरकार होइन । मैले धेरै चोटी भनेको छु, हाम्रो प्राथमिकता सङ्गठन सुदृढीकरण र जनतासँगको सम्बन्ध विस्तार हो, सरकार होइन ।”

अध्यक्ष प्रचण्डले आफूहरू सरकार परिवर्तनको खेलमा नभएको स्पष्ट पार्दै वर्तमान सरकार २०८४ सालको आम निर्वाचनसम्म गईदिए हुन्थ्यो भन्ने तर्क गर्नुभयो । माओवादी केन्द्र अहिले जनतासँगको सम्बन्ध विस्तार र पार्टी बलियो बनाउने कार्यमा लागेको उहाँले जानकारी दिनुभयो ।रासस

TOP