

भरतपुर । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले देशलाई स्थिरता र विकास दिनका लागि अहिलेको सरकार बनेको बताउनु भएको छ ।
दुई ठूला दल मिलेर बनेको सरकारले देशमा राजनीतिक स्थिरतासँगै विकास निर्माणमा जोड दिने उहाँले विश्वास व्यक्त गर्नुभयो । आज मंगलवार पत्रकारहरुसँग कुरा गर्दै उहाँले दुई ठूला दलको नेतृत्वमा बनेको सरकारले राजनैतिक स्थायित्वसँगै विकास निर्माणका लागि काम गर्नुपर्ने बताउनु भयो ।
अहिले नै सरकार परिवर्तन हुन्छ भन्नेमा विश्वास नलागेको भन्दै नेता कोइरालाले नेपालको विकासका लागि स्थिर सरकारसंगै अघि बढ्नुपर्ने बताउनुभयो । स्थिर सरकारबाट मात्रै विकासका काम अघि बढ्ने उहाँको भनाइ छ ।
संविधान संशोधनका लागि सबै दलसँग सहकार्य गर्दै अघि बढ्न कांग्रेस तयार रहेको उल्लेख गर्दै डा कोइरालाले विपक्षी दलहरुसँग समेत छलफल भइरहेको बताउनु भयो ।
प्रतिक्रिया