

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले महासचिव शङ्कर पोखरेलले राजनीतिक रूपमा सबै दलहरूबीच सहमति भएमा तत्काल संविधान संशोधन हुने बताउनुभएको छ ।
राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल, मानवअधिकार एलाइन्सको तेस्रो बागमती प्रदेश सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले सबै राजनीतिक दलका बीचमा छलफल भई सहमति जुटेमा संविधान संशोधन प्रक्रिया अघि बढ्ने बताउनुभयो ।
महासचिव पोखरेलले नेपाली कांग्रेस र एमालेबीच संविधान संशोधनका विषयमा कुनै विवाद नभएको भन्दै परिस्थिति अनुसरा अन्य दलबीच छलफल गरी सहमतिका आधारमा संशोधनको एजेण्डालाई अगाडि बढाउनुपर्ने उल्लेख गर्नुभयो ।
महासचिव पोखरेलले संविधान संशोधनमा पनि राजनीतिक स्थायित्वका विषय समावेश गर्नुपर्ने भएकाले सहमतिका आधारमा अगाडि बढ्नुपर्ने मान्यता रहेको स्पष्ट पार्नुभयो ।
एमालेले मुलुकको पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राख्दै जनता केन्द्रित काम गरिरहेको बताउनुभयो ।
एमालेका महासचिव पोखरेलले पार्टीलाई एकताबद्ध बनाएर मात्र बलियो बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिक्रिया