

काठमाडौँ । काठमाडौँ उपत्यका देशका विभिन्न शहर-बजार क्षेत्रमा घर जग्गाको कारोबार क्रमशः लयमा फर्किन थालेको राजश्व सङ्कलनको तथ्याङ्कले देखाएको छ ।
देशभरको घर जग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार गत मङ्सिर महिनाको तुलनामा गत पुस महिनामा राजश्व सङ्कलनमा वृद्धि भएको छ ।
गत मङ्सिर महिनामा ३ अर्ब ८७ करोड ४८ लाख २६ हजार ९ सय ७६ रुपैयाँ बराबर सङ्कलन भएकामा पुस मसान्तसम्म ४ अर्ब २५ करोड २२ लाख २१ हजार ७ सय ७९ राजश्व प्राप्त भएको छ ।
काठमाडौँ उपत्यका भित्रका विभिन्न नौ वटा मालपोत कार्यालयमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले राजश्व सङ्कलन गरेको छ । सो कार्यालयले ४० करोड ९४ लाख ४२ हजार सात सय ३२ राजश्व सङ्कलन गरेको छ । यसबाट ललितपुरमा घरजग्गाको कारोबारमा उल्लेख्य वृद्धि भएको सहजै अनुमान गर्न सकिन्छ । रासस
प्रतिक्रिया