logo
२४ आश्विन २०८१, बिहीबार

संविधान दिवसको अवसरमा ९७ जनाको निशुल्क सुगर परिक्षण

संविधान दिवसको अवसरमा ९७ जनाको निशुल्क सुगर परिक्षण

प्यूठान ।
प्युठान आयुर्वेद स्वास्थ्य केन्द्र खलंगाले संञ्चालन गरेको निशुल्क सुगर परिक्षण कार्यक्रममा ९७ जनाले निशुल्क सेवा लिएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा बिहान जिल्ला समन्वय समितिको प्राङ्गगणमा गरिएको सुगर परिक्षण कार्यक्रममा ६४ पुरुष र ३३ जना महिला गरी ९८ जनाको सुगर परिक्षण गरिएको प्युठान आयुर्वेद स्वास्थ्य केन्द्रका वैद्य निरीक्षक थानेश्वर न्यौपानलेले जानकारी दिनुभयो। परिक्षण गराएका मध्ये ८ जनामा सुगरको समस्या देखिएको केन्द्रका ल्याव टेक्निसियन कृष्ण खत्रीले बताए ।

सुगरको समस्या देखिएकाहरुलाई कम गर्न उपचार परामर्शसंगसंगै नियमित स्वास्थ्य परीक्षण तथा खानपानमा बिशेष ध्यानदिन सल्लाह सुझाब दिएको वैद्य निरीक्षक थानेश्वर न्यौपानेले बताए ।

Author


प्रतिक्रिया

सम्बन्धित समाचार
TOP