logo
२४ माघ २०८१, बिहीबार

सभापति लामिछानेलाई हिरासतमा पठाउन आदेश

सभापति लामिछानेलाई हिरासतमा पठाउन आदेश

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा राख्न आदेश दिएको छ ।

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले सोमबार १० बजे इजलासमा निजलाई उपस्थित गराउन आदेश गर्दै न्यायिक हिरासतमा राख्न आदेश गरेको हो । आइतवार थुनछेक बहस नभएकाले लामिछानेलाई हिरासतमा पठाइएको हो ।

काठमाडौँ अदालतमा स्रेस्तेदार रामु शर्माले भन्नुभयो, “काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीमा जिल्ला अदालतमा उपस्थित हुनुभएका रास्वपाका सभापति लामिछानेको आजका लागि बयान लिने काम भयो, भोलि १० बजे इजलासमा उपस्थित गराउने गरी प्रहरीको जिम्मा लगाउने आदेश भएको छ ।”

ताजा अपडेट
TOP