काठमाडौँ । उच्च अदालत पाटनले पशुपति धर्मशालाको विवादमा व्यापार व्यवसाय सञ्चालन गर्ने कार्यमा अवरोध नगर्न अन्तरिम आदेश गरेको छ ।
उच्च अदालतकान्यायाधीशहरू खडानन्द तिवारी, सूर्यप्रसाद पराजुलीको इजलासले रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्मनिवेदकलाई उक्त व्यापार-व्यवसाय सञ्चालन गर्ने कार्यमा अवरोध नगर्न आज शुक्रवार अन्तरिम आदेश गरेको हो ।
उक्त अन्तरिम आदेशमा भनिएको छ,“यसमा माडवारी सेवा समिति नेपालविरूद्व पशुपति क्षेत्र विकास कोषसमेत भएको ०८१-८०-०७४४ को रिट निवेदनमा यसै अदालतबाट निवेदकले पशुपति गौशाला धर्मशालामा गरिआएको काम कारबाही गर्नबाट निवेदकलाई नरोक्नु भनी मिति २०८१-०८-३० मा आदेश भएको र यस रिट निवेदनमा निवेदकहरूले माडबारी सेवा समितिसँग सम्झौता गरी भाडामा लिई व्यापार व्यवसाय गरी आएको भन्ने देखिँदा सुविधा सन्तुलनको हिसाबले प्रस्तुत रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म यी निवेदकलाई उक्त व्यापार व्यवसाय सञ्चालन गर्ने कार्यमा अवरोध नगर्नु, नगराउनु ।”
एसिएन ट्राभल्स एण्ड टुर्स प्रालिले काठमाडौँ महानगरपालिकाविरूद्ध दायर गरेको रिट निवेदनमा उक्तआदेश गरेको हो ।
यसअघि अदालतले मारवाडी सेवा समितिलाई पशुपति गौशाला धर्मशाला सञ्चालनमा अवरोध नपु¥याउन अन्तरिम आदेश दिएको थियो ।
प्रतिक्रिया