logo
७ माघ २०८१, सोमबार

अवरुद्ध पूर्व-पश्चिम राजमार्गको दाउन्ने खण्ड एकतर्फी सञ्चालन 

अवरुद्ध पूर्व-पश्चिम राजमार्गको दाउन्ने खण्ड एकतर्फी सञ्चालन 

बर्दघाट । पूर्णरूपमा अवरुद्ध भएको पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बुटवल-नारायणगढ खण्ड एकतर्फी सञ्चालनमा आएको छ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-४ दाउन्नेस्थित खुर्सानीखोलामा बाक्लो हुस्सु र शीतलहरले सडक चिप्लो भएपछि आवागमन अवरुद्ध भएको थियो । निरन्तरको प्रयासपछि उक्त खण्ड एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो ।

बुधवार बिहानदेखि पूर्णरूपमा अवरुद्ध सडक दिउँसो २ बजेदेखि एकतर्फी सञ्चालनमा आएको बताउँदै उहाँले सवारीसाधनलाई सवारी पासको आधारमा आलोपालो सञ्चालनमा ल्याइएको उल्लेख गर्नुभयो । सूचना अधिकारी बोहराले बुटवल-नारायणगढमा निर्माण भइरहेका दाउन्ने क्षेत्रमा एकतर्फी सडक सञ्चालन चुनौतीपूर्ण बनेको बताउनुभयो ।

मङ्गलबारदेखि पश्चिम नवलपरासी र दाउन्ने क्षेत्रमा बाक्लो हुस्सु, लगातारको शीतलहरले यात्रा चुनौतीपूर्ण बनेपछि बुधबार बिहान उक्त खण्डमा सवारी आवागमन राकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुईतर्फी सडक सञ्चालनका लागि प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, सुरक्षा निकायका प्रमुख, प्रहरी, स्थानीयलगायतले निरन्तर सडक मर्मत र सफा गरिरहेका छन् ।

ताजा अपडेट
TOP