logo
७ माघ २०८१, सोमबार

सर्वोच्च बारको अध्यक्षमा वरिष्ठ अधिवक्ता पोखरेल 

सर्वोच्च बारको अध्यक्षमा वरिष्ठ अधिवक्ता पोखरेल 

काठमाडौं। सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल३ सय ६८ मत प्राप्तगरी विजयी हुनुभएको छ ।

कुल ६ सय २६ मतदाता रहेको बारको निर्वाचनमा अध्यक्ष पोखरेलका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता महेश थापा १ सय ८१ मतसहित पराजित हुनुभयो ।

सर्वोच्च बार एसोसिएसनको उपाध्यक्षमा अम्बरबहादुर राउत, सचिवमा रमणकुमार श्रेष्ठ, पुष्पराज पौडेल र सहसचिवमा पुनदेवी महर्जन, कोषाध्यक्ष रामचन्द्र पौडेल, महिला सदस्यमा शशि बस्नेत विजयी हुनुभएको छ ।

त्यसैगरी बारएसोसिएसनको खुल्ला सदस्यमा दुर्गामोहन श्रेष्ठ, इन्द्रशेखर खड्का, प्रदीपकुमार श्रेष्ठ, नागेश्वरप्रसाद चौधरी, निर्मलप्रसाद उपाध्याय, ओमकृष्ण श्रेष्ठ, प्रमोद रेग्मी, पुरुषोत्तम लोहनी, प्रदीपकुमार राजवंशी र शतिशराज मैनाली विजयी हुनुभएको छ ।

ताजा अपडेट
TOP