काठमाडौँ । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज पुस १५ मा ‘तमु ल्होसार’ मनाउँदैछन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ ।
गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले यो पर्व मनाउने गरिएको भनाइ रहेको छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ ।
अवसरमा गुरुङ समुदायले टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरी तमु ल्होसार पर्व मनाउँदै छन् । नेपालका अन्य समुदायले पनि पुस १५ लाइ विशेष खानपिन र भेटघाट गर्ने रमाइलो दिनको रुपमा मनाउने चलन छ ।
आज सोमबारे औँशी पनि परेको छ । सोमबारे औँशीका दिन बिहान मौन स्नान गरी मनाइँदै छ । यस औँशीको बिहान उठेर नबोलीकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ । औँशी तिथि श्राद्ध, तर्पणका लागि पनि महत्वपूर्ण मानिन्छ । रासस
प्रतिक्रिया