logo
७ माघ २०८१, सोमबार

‘आगामी निर्वाचनमा कांग्रेसले तीनै तहमा एक्लै चुनाव लड्ने’ 

‘आगामी निर्वाचनमा कांग्रेसले तीनै तहमा एक्लै चुनाव लड्ने’ 

जनकपुर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी निर्वाचनमा नेपाली कांग्रेस तीनै तहमा एक्लै चुनाव लड्ने बताउनुभएको छ । कांग्रेसलेतीनै तहमा एक्लैचुनाव लडेर विजय हुँने उहाँले जिकिर गर्नुभयो ।

जनकपुरधाममा आइतवार आयोजित पत्रकार सम्मेलनमा नेता कोइरालाले दुई-दुई महिनामा सरकार परिवर्तन हुने र राजनीतिक स्थायित्व नहुने भएपछि एमालेसँग मिलेर सरकार गठन गर्नुपरेको बताउनुभयो ।

सरकारले विलम्ब नगरी संविधानमा रहेका त्रुटि परिवर्तन गर्न अन्य दलसँग मिलेर अगाडि बढ्नुपर्ने समय आएको कांग्रेसनेता कोइरालाको भनाइ छ । पार्टीको महाधिवेशन समयमै गर्न पनि उहाँले जोड दिनुभएको छ ।

ताजा अपडेट
TOP