logo
१० माघ २०८१, बिहीबार

‘लोकतन्त्र स्थापनामा पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण छ’

‘लोकतन्त्र स्थापनामा पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण छ’

धनगढी ।  परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालमा लोकतन्त्र स्थापनामा पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

धनगढीमा शनिवार आयोजित नेपाल पत्रकार महासङ्घ कैलाली शाखाको नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रममा उहाँले लोकतन्त्र र प्रजातन्त्र स्थापनामा पत्रकारिता क्षेत्रले सुरुआती दिनदेखि नै सक्रिय र सकारात्मक भूमिका निर्वाह गर्दै आएको भन्दै प्रशंसा गर्नुभयो ।

मन्त्री राणाले लोकतन्त्र स्थापना र यसको सदृढीकरणमा सङ्गठित रूपमा भूमिका खेल्दै आएको महासङ्घको औँचित्य निरन्तर बढ्दै गएको समेत बताउनुभयो ।

नेपालको संविधानले निर्वाध प्रेस स्वतन्त्रतालाई जोड दिएको उल्लेख गर्नुहुँदै मन्त्री राणाले त्यसको सही प्रयोग गरेर अगाडि बढ्न आग्रह गर्नुभयो ।

“आजभोलि सोसल मिडियाको प्रयोग बढ्दै गएको छ । यस्तो अवस्थामा के कुरालाई महत्व दिने भन्ने सन्दर्भमा हामी सचेत हुनुपर्छ । लोकतन्त्र, समाजवाद, राष्ट्रियतालाई बलियो बनाउने कुरामा पत्रकारिता क्षेत्र र सबैले निरन्तर प्रयास गरिरहन आवश्यक छ”, उहाँको भनाइ छ ।

TOP