logo
७ माघ २०८१, सोमबार

एनपिएल विजेता जनकपुरलाइ १ करोड १० लाख पुरस्कार

एनपिएल विजेता जनकपुरलाइ १ करोड १० लाख पुरस्कार

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जित्ने जनकपुर बोल्ट्सले ट्रफिसहित एक करोड दश लाख प्राप्त गरेको छ ।

शनिवार क्रितिपुरमा भएकोे फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै जनकपुरले पहिलो संस्करणकोे एनपिएलको उपाधि जितेको हो ।

फाइनल खेलपछि आयोेजित पुरस्कार वितरण कार्यक्रममा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुुर देउवा, नेपाल कम्युनिष्ट पार्टी माओेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड र नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले संयुक्त रुपमा एक करोड दश लाखको चेक जनकपुरका कप्तान तथा खेलाडी आशिफ शेख र अनिल शाहलाई प्रदान गर्नुभएको हो ।

पुरस्कार वितरण कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले उपविजेता टोली सुदूरपश्चिम रोयल्सलाई ५१ लाख प्रदान गर्नुभयो ।

तेस्रो हुने कर्णाली याक्स र चौथो हुने टोली चितवन राइनोजलाइ गृहमन्त्री रमेश लेखक र मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलेले क्रमशः २५ लाख र १५ लाखको चेक प्रदान गर्नुभयो  ।

 

ताजा अपडेट
TOP