logo
४ माघ २०८१, शुक्रबार

पत्रकार महासङ्घमा इतिहास रच्दै अध्यक्षमा निर्मला शर्मा निर्वाचित

पत्रकार महासङ्घमा इतिहास रच्दै अध्यक्षमा निर्मला शर्मा निर्वाचित

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको अध्यक्षमा निर्मला शर्मा विजयी हुनुभएको छ । महासङ्घको ७० वर्षे इतिहासमा अध्यक्ष पदमा निर्वाचित हुने उहाँ पहिलो महिला पत्रकार हुनुभएको छ ।

महासङ्घको केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणाम अनुसार शर्माले ४ हजार २८२ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी रमेश विष्टले ३ हजार २०३ मत प्राप्त गर्नुभयो ।

वरिष्ठ उपाध्यक्षमा दीपक आचार्यले ४ हजार २३० मत प्राप्त गरी निर्वाचित हुँदा उहाँका निकटतम प्रतिस्पर्धी रोशन पुरीले २ हजार २८६ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्ष महिलामा नितु पण्डितले ४ हजार ७०५ मत प्राप्त गरी विजयी हुँदा गङ्गा पौडेल बरालले २ हजार ६४४ मत प्राप्त गर्नुभयो । उपाध्यक्ष समावेशीमा उमिदप्रसाद बागचन्दले ४ हजार २९२ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकतम प्रतिद्वन्द्वी सुभाषप्रसाद साहले २ हजार ८० मत प्राप्त गर्नुभयो ।

महासचिवमा रामप्रसाद दाहालले ४ हजार ८४ मत प्राप्त गरी विजयी हुँदा उहाँका निकतम प्रतिद्वन्द्वी लेखनाथ न्यौपानेले १ हजार ९२९ मत प्राप्त गर्नुभयो ।

सचिव खुलामा रमेश खतिवडाले ३ हजार ४ सय मत प्राप्त गरी विजयी हुनुभयो । सचिव महिलामा सोनी शर्मा ले ४ हजार ३४७, सचिव आदिवासी जनजातिमा सविन प्रियासनले ३ हजार ५३५, सचिव मधेशीमा अशोककुमार तिवारीले ३ हजार ८५८, सचिव दलिततर्फ प्रकाश धौलाकोटीले ४ हजार ११०, सचिव एशोसिएटतर्फ बैकुण्ठराज पराजुलीले ३ हजार ६४५ मत प्राप्त गरी जित हासिल गर्नुभयो ।

कोषाध्यक्षमा रामकृष्ण अधिकारीले ३ हजार ८४७ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँले निकटतम प्रतिद्वन्द्वी रामकृष्ण ज्ञवालीलाइ ३८३ मत अन्तरले पराजित गर्नुभयो ।

यसैगरी, कोशी प्रदेशतर्फबाट केन्द्रीय सदस्यमा कमल रिमाल र शङ्कर खरेल, मधेस प्रदेश सदस्यमा राजु विश्वकर्मा र राजेशकुमार कर्ण विजयी हुनुभयो ।

बागमती (उपत्यका बाहेकका) केन्द्रीय सदस्यमा नवराज पथिक र नारायणप्रसाद अधिकारी, गण्डकी प्रदेश सदस्यमा कृष्ण केसी र केबी राना, लुम्बिनी प्रदेश सदस्यमा रामराज पोखरेल र विकास बन्जाडे, कर्णाली प्रदेश सदस्यमा तुलाराम पाण्डे र नगेन्द्रप्रसाद उपाध्याय, सुदूरपश्चिम प्रदेश सदस्यमा योगेन्द्रबहादुर बलायर र सुरेश पन्त विजयी हुनुभयो ।

उपत्यका प्रदेश सदस्यमा अर्जुन पन्त र सूर्य सुवेदी, प्रतिष्ठान प्रदेशतर्फ वीरेन्द्र ओली र सविता शर्मा, संस्थागत प्रदेश (एशोसिएट) तर्फ पवित्रा मुडभरी र मनुका कुँवर, खुला सदस्यमा छविलाल तिवारी, भूपेन्द्र आचार्य, मुकुन्दप्रसाद भण्डारी, रामेश्वर कार्की र लवदेव ढुङ्गाना निर्वाचित हुनुभयो ।

मधेसी महिलातर्फ रुवीकुमारी रौनियार, आदिवासी जनजाति महिलातर्फ माला पालुङ्वा, खस आर्य महिलामा लिला शाह योगी विजयी हुनुभयो । दलित महिलातर्फ भने यस अघि नै रीता बुढाथोकी निर्विरोध निर्वाचित हुनुभएको थियो ।

दलित सदस्यमा सिकेन्द्र पासवान र दलित महिला सदस्यमा सावित्री रसाइली (निर्विरोध), आदिवासी जनजाति सदस्यमा भरत जर्घा मगर, आदिवासी महिला सदस्यमा देविका घर्ती मगर (निर्विरोध), मधेसी सदस्यमा राजकरण महतो र मधेसी सदस्य महिलामा ललिताकुमारी साह, अपाङ्गता भएका सदस्यमा भूपराज बस्याल, अल्पसङ्ख्यक सदस्यमा लक्ष्मण थामी विजयी हुनुभयो ।

लेखा समिति संयोजकमा केसी लामिछानेका साथै समितिका सदस्य खुलामा केशवप्रसाद बोहरा र लेखा समिति सदस्य महिलामा रुक्मिणी पोखरेल विजयी हुनुभयो ।

यही मंसिर २८ गते भएको नेपाल पत्रकार महासङ्घको यो निर्वाचन परिणाम आइतबार राती सार्वजनिक गरिएको हो । रासस

ताजा अपडेट
TOP