logo
७ माघ २०८१, सोमबार

प्रधानमन्त्री ओलीले पढेको विद्यालयको भवन उद्घाटन

प्रधानमन्त्री ओलीले पढेको विद्यालयको भवन उद्घाटन

पाँचथर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रारम्भिक शिक्षा लिएको प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवनको आज बुधवार उद्घाटन गर्नुभएको छ ।

तेह्रथुमको आठराई गाउँपालिका-४ इवामा रहेको उक्त विद्यालय परिसरमा निर्माण भएको १८ कोठे भवनको प्रधानमन्त्री ओलीले उद्घाटन गर्नुभएको हो । प्रधानमन्त्री ओलीले यस विद्यालयमा कक्षा ३ सम्म अध्ययन गर्नुभएको प्रधानाध्यापक अमृतबहादुर बुढाथोकीले बताउनु भयो  ।

प्रधानाध्यापक बुढाथोकीका अनुसार प्रधानमन्त्री ओलीले  विद्यालयका शिक्षक, विद्यार्थी, स्थानीय जनप्रतिनिधि,नागरिक लगायतसँग अन्तरक्रिया समेत गर्नुभयो ।

प्रधानमन्त्री ओलीकै आग्रहका युम होङ गिल ह्युमन फाउण्डेसन दक्षिण कोरियाले मुख्य लगानी गरेपछि भवन निर्माण भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीम घिमिरेले बताउनुभयो ।

दक्षिण कोरियाको युम होङ गिल ह्युमन फाउण्डेसनको सहयोगमा निर्मित उक्त भवनको हालै निर्माण सम्पन्न भएको हो । भवन निर्माणमा उक्त फाउण्डेसनले  ४ करोड ४९ लाख ६० हजार, कोशी प्रदेश सरकारले  २१ लाख ४० हजार र आठराई गाउँपालिकाले  ६९ लाख लगानी गरेका छन् ।

सो कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ते योङ, युम होङ गिल ह्युमन फाउण्डेसनका पार्क यु सुन लगायतको उपस्थिति रहेको थियो ।

ताजा अपडेट
TOP