काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले चुनदेबी सहयोगी सस्था वाँसवारीको ४७औँ वार्षिकोत्सब कार्यक्रमको उद्घाटन गर्दै सामाजिक क्षेत्रमा सस्थाले गरेको कामको प्रशंसा गर्नुभयो ।
स्वास्थ्यमन्त्री पौडेलले अफ्नो निर्वाचन क्षेत्र लगाएतका स्थानमा स्वास्थ्य सेवाको विस्तार तथा ब्यवस्थित गर्न लागेको बताउनु भयो । सरकारी अस्पताल प्रतिको नागरिकको विश्वास र आकर्षणको चर्चा गर्दै आफ्नो निर्वाचन क्षेत्रमा सरकारी अस्पताल स्थापना गर्न उपयुक्त जग्गाको खोजी भैरहेको उहाँले जानकारी गराउनुभयो ।
स्वास्थ्यमन्त्री पौडेलले वाँसवारी छाला तथा जुता कारखानाले पहिले चर्चेको जमिन संरक्षण गरी खुला राख्नका लागि स्थानिय जनप्रतिनिधि र नागरिकको भनाइसंग सहमत रहेको धारणा राख्नु भएको थियो । उहाँले वाँसवारी लगाएतका अतिक्रमित जमिनलाइ मुक्त गरी सार्वजनिक प्रयोगका लागि ब्यवस्थित गर्ने दृढता पनि ब्यक्त गर्नुभयो ।
स्वास्थ्यमन्त्री पौडेलले काठमाडौँमा शहरी स्वास्थ्य केन्द्र स्थापना, स्वास्थ्य विमाको रकम बृद्दि, औषधीको मूल्यमा समायोजन, खानेपानी तथा वाटरपार्क निर्माण गर्न तयारी गरिएको बताउँनुभयो ।
उक्त अवसरमा चुनदेबी सस्थाका अध्यक्ष मुकुन्द प्रसाद आचार्यले सस्थाको वारेमा जानकारी दिने क्रममा विभिन्न विषय तथा विधामा पुरस्कार स्थापना गर्ने ब्यक्ति तथा परिवारको चर्चा गर्नुका साथै पुरस्कृत तथा सम्मानित हुने ब्यक्तिहरुको नाम घोषणा गर्नु भएको थियो ।
सो कार्यक्रममा सस्थाका कार्यसमिति सदस्य तथा कामनपा ३ का वडा अध्यक्ष प्रेम थापाले स्वागत मन्तब्यमा बर्तमान सरकारले जनतामा आशा जगाउने काम गरेको चर्चा गर्दै स्वास्थ्य मन्त्री पौडेलले स्वास्थ्य सेवा विस्तार र विकासका लागि गर्नुभएको कामको प्रशंसा गर्नु भयो ।
अध्यक्ष थापाले वाँसवारी कलबको संरक्षणमा रहेको र अतिक्रमित भएको जग्गालाइ सार्वजनिकरुपमा प्रयोग गर्न पाउने ब्यवस्था गर्न स्वास्थ्यमन्त्रीसंग आग्रह गर्नुभयो ।
बुनपा ७ स्थित होटेल अमुप्रस्थमा भएको वार्षिकोत्सव कार्यक्रममा मुख्य अतिथि पौडेल, चुनदेबी सस्थाका सस्थापक अध्यक्ष डा.मधुसुदन वाग्ले, सस्थाका वर्तमान अध्यक्ष आचार्य समेतले जेष्ठ नागरिक, समाजसेवी, खेलाडी तथा विद्यार्थीलाइ पुरस्कार वितरण तथा सम्मान गर्नुभएको थियो ।
प्रतिक्रिया