logo
४ माघ २०८१, शुक्रबार

चिनियाँ लगानी भित्र्याउन नेपाल तयार छः प्रधानमन्त्री

चिनियाँ लगानी भित्र्याउन नेपाल तयार छः प्रधानमन्त्री

बेइजिङ । चीनको औचापरिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार चिनियाँ लगानी भित्र्याउन इच्छुक रहेको बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सिसिपिआइटी)को आयोजना तथा चीनस्थित नेपाली दूतावासको समन्वयमा आयोजित कार्यक्रममा उहाँले नेपाल राजनीतिक स्थिरता र समृद्धिको युगमा प्रवेश गरिसकेकाले लगानीको वातावरण बन्दै गएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले चिनियाँ लगानीकर्तालाई प्राकृतिक रुपमा सुन्दर मुलुक नेपालको भ्रमण गर्न आग्रह गर्दै विभिन्न क्षेत्रमा लगानी गर्न आह्वान गर्नुभयो ।

चीनको मैत्रीपूर्ण निमन्त्रणामा चार दिवसीय भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली यही मङ्सिर १७ गते बेइजिङ पुग्नुभएको हो । उहाँ भोलि बिहीबार स्वदेश फर्कने कार्यतालिका रहेको छ ।

ताजा अपडेट
TOP