logo
७ माघ २०८१, सोमबार

गुट उपगुट नभनी पार्टीलाई गन्तव्यमा पु¥याउँ : डा. कोइराला

गुट उपगुट नभनी पार्टीलाई गन्तव्यमा पु¥याउँ : डा. कोइराला

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न वर्तमान गठबन्धन सरकार निर्माण भएको बताउनुभएको छ ।

नेपाली कांग्रेस मोरङका १७ पालिका कार्य समितिद्वारा मंगलवार विराटनगरमा आयोजित पार्टीका कोशी प्रदेशस्तरीय पालिका सभापतिको दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नेता डा. कोइरालाले कांग्रेस र एमालेबीच मुलुकमा सुशासन, संविधान संसोधन र आर्थिक वृद्धिका लागि सरकार निर्माण भएको स्पष्ट पार्नुभयो ।

काग्रेसका प्रभावशाली नेता डा. कोइरालाले पार्टीभित्र कुनै गुट उपगुट नभनी पार्टीलाई सही गन्तव्यमा पु¥याउन प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताउनुभयो । डा. कोइरालाले पालिका सभापतिहरुलाई अधिकार दिएर सङ्गठन बलियो बनाउने कार्यमा आफू लाग्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

कांग्रेस केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले वडादेखि केन्द्रसम्म पार्टीले जनताको समर्थनबाट प्राप्त सत्तालाई जनताको हितमा प्रयोग गर्न आवश्यक बहस र छलफल गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाको राजनीतिलाई सडकमा नल्याउन सबैसँग आग्रह गर्नुभयो ।

पार्टी सङ्गठनलाई बलियो बनाउन आवश्यक भएको चर्चा गर्नुभयो । कार्यक्रममा केन्द्रीय सदस्य किरण यादव, सरिता प्रसाई, रुक्मणि कोइराला  डा चन्द्रमोहन यादव, कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की, विराटनगर महानगरका प्रमुख नागेश कोइराला लगायतले लोकतन्त्रलाई संस्थागत गर्न, पार्टी सङ्गठनलाई बलियो बनाउन जनताको घेरदैलोमा जान कार्यकर्तालाई आग्रह गर्नुभयो ।

नेपाली कांग्रेसको कोशी प्रदेशस्तरीय सो कार्यक्रममा कोशी प्रदेशका एक सय १३ पालिकाका सभापतिहरुको सहभागिता रहेको छ

ताजा अपडेट
TOP