logo
१३ चैत्र २०८१, बुधबार

कांग्रेस सभापति देउवा र परराष्ट्रमन्त्री आरजु राणा उग्रतारा मेलामा

कांग्रेस सभापति देउवा र परराष्ट्रमन्त्री आरजु राणा उग्रतारा मेलामा

 

डडेल्धुरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उहाँकी धर्मपत्नी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा डडेल्धुरा जिल्लाको प्रसिद्ध उग्रतारा मेलामा सहभागी हुनुभएको छ ।

उग्रताराको प्रसाद ग्रहणपछि पूर्वप्रधानमन्त्री देउवाले उग्रतारा मन्दिर परिसरमा वेद विद्याश्रमका निम्ति भौतिक पूर्वाधार निर्माण गर्नका लागि  प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात र प्रतिपदाका दिन उग्रतारा मेला लाग्ने गरेको छ । राति लाग्ने मेलालाई ‘रतेडी’ र प्रतिपदाको दिन लाग्ने मेलालाई ‘दिउसेडी’ भनिन्छ । खनमडा, छचोडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आएपछि दिउसेडी मेला सुरु भएको थियो ।

सो मेला भर्न सुदूरपश्चिम, कर्णाली प्रदेश तथा छिमेकी देश भारतबाट पनि श्रद्धालु जन आएका उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले जानकारी दिनु भयो ।

सो मेला शुक्रबार साँझदेखि सुरु भइ शनिबार साँझ सम्पन्न भएको हो । उग्रताराको दर्शन गरेमा दैवीप्रकोप नहुने, सुखशान्ति र मनोकामना पूरा हुने जनविश्वास रहेको छ । रासस

ताजा अपडेट
TOP