logo
४ माघ २०८१, शुक्रबार

‘सहकारी ठगीमा संलग्नलाई जोगाउनु हुँदैन’

‘सहकारी ठगीमा संलग्नलाई जोगाउनु हुँदैन’

झापा । नेपाली कांग्रेसको ‘युवा सङ्कल्प यात्रा’ का संयोजक भूपेन्द्रजङ्ग शाहीले सहकारी ठगी घटनाका आरोपी सबैलाई कानुनी कारबाहीको दायरामा ल्याउन र पीडितको बचत फिर्ताको वातावरण बनाउन माग गर्नुभएको छ ।

काँकडभिट्टाबाट शुक्रवार यात्राको सुरुआत गर्दै नेपाल तरुण दलका पूर्वकेन्द्रीय महासचिव शाहीले सहकारीको बचत अपचलनमा संलग्नलाई पार्टीले जोगाउन आवश्यक नरहेको बताउनुभयो ।

सहकारीठगीकाकारणपीडितभएकाकोबचतरकमफिर्ताकोवातावरणसरकारलेनैबनाउनुपर्नेउहाँलेजोडदिनुभयो।
नेपाली कांग्रेसका ५० जना युवा नेता सहभागी रहेको यात्राको नेतृत्व तरुण नेता शाहीले गर्नुभएको छ । यात्रामा सांस्कृतिक टोली समेत रहेको छ ।

आगामी मङ्सिर ४ गते महेन्द्रनगरमा यात्रा समापन हुने बताइएको छ ।भ्रष्टाचार उन्मूलन, सहकारी ठगीमाथि कारबाही, सहकारी पीडितको बचत फिर्तालगायत १० बुँदे मागलाई यात्राको मूल ध्येय मानिएको छ ।

संयोजक शाहीका अनुसारयात्रा इटहरी, लहान, जनकपुर, लालबन्दी, वीरगञ्ज, भरतपुर, लमही, वीरेन्द्रनगर, कोहलपुर हुँदै महेन्द्रनगर पुगेर टुंगिने छ ।

यात्राकोशुभारम्भ कार्यक्रममा तरुण दलका केन्द्रीय सदस्य पशुपति पोखरेल, प्रेमिका राना मगर, धर्मेन्द्र नेम्वाङ, नेपाली कांग्रेस झापाका सभापति देउमान थेवेलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

TOP