logo
४ माघ २०८१, शुक्रबार

‘नेपाली खानालाई विश्वमाझ चिनाउन जरूरी’

‘नेपाली खानालाई विश्वमाझ चिनाउन जरूरी’

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले नेपाली खानालाई विश्वमाझ फैलाउन आवश्यक भएको बताउनुभएको छ । यका लागि नेपाली सेफ्सले महत्वपूर्ण भूमिका खेलेको उहाँले उल्लेख गर्नुभयो ।

सेफ्स एशोसिएसन अफ नेपालको २९औँ वार्षिक साधारणसभाका अवसरमा बिहीबार काठमाडाैँमा आयोजित ‘नेपाली मौलिक खानाको प्रदर्शन कार्यक्रममा राज्यमन्त्री चौधरीले नेपाली सेफ्सले विश्वमाझ नेपाली खाना चिनाउन खेलेको भूमिका सराहनीय रहेको बताउनुभयो ।

कार्यक्रममा सेफ्स एशोसिएसन अफ नेपालका अध्यक्ष रेशमबहादुर लामाले नेपाली सेफ्सको हकअधिकार र नेपाली खानाको अन्तर्राष्ट्रियस्तरसम्म प्रवद्र्धन गर्न एशोसिएसनले काम गरिरहेको बताउनुभयो ।

विसं २०५३ मा स्थापना भएको एशोसिएसनले ‘वल्र्ड सेफ्स सोसाइटी’मा आबद्ध भई नेपाली खानाको विदेशसम्म प्रचारप्रसार गर्दै आएको उहाँको भनाइ थियो ।

कार्यक्रममा सेफ्स एशोसिएसन अफ नेपालका पूर्वअध्यक्षहरु र २५ वर्ष निरन्तर सेफ्स पेसामा कार्यरत वरिष्ठ सेफ्सहरुलाई सम्मान गरिएको थियो । सो अवसरमा विभिन्न जातजातिका खानासमेत प्रदर्शन गरिएको थियो ।

ताजा अपडेट
TOP