

कैलाली । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सञ्चालनमा दलहरूबीच कुनै समस्या नरहेको बताउनुभयाे ।
साेमबार धनगढी विमानस्थलमा पत्रकारसँग सङ्क्षिप्त कुरा गर्नुहुँदै देउवाले अहिलेको गठबन्धन २०८४ सम्म कायम रहने बताउनुभएकाे हाे ।
पूर्व राजा ज्ञानेन्द्रको सक्रियताको वारेमा गरिएको प्रश्नमा नेपाली कांग्रेसका सभापति देउवाले राजतन्त्रका पक्षमा अहिले हल्ला मात्र भइरहेको बताउनुभयो ।
कांग्रेस सभापति देउवा सहितका नेता पार्टीको सुदूरपश्चिम प्रदेशस्तरीय सम्मेलनमा सहभागी हुन सोमवार धनगढी पुग्नुभएको छ ।
प्रतिक्रिया