logo
४ माघ २०८१, शुक्रबार

मधेश प्रदेशका शहीद परिवारका सदस्य आन्दोलित

मधेश प्रदेशका शहीद परिवारका सदस्य आन्दोलित

जनकपुर । मधेस आन्दोलनका शहिद परिवारका सदस्यहरूले रोजगारीको माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

सो आन्दोलनमा मधेश प्रदेशबाट ५२ जना शहिद भएका थिए । सात वर्ष आगाडि मधेश प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले शहिद परिवारका एक-एक जनालाई रोजगार दिने निर्णय गरेपनि हालसम्म कार्यान्वयन नभएको भन्दै शहिद परिवारका सदस्य आन्दोलित भएका हुन् ।

मुख्यमन्त्री कार्यालय अगाडि गरिएको प्रदर्शनमा प्रदेशका आठै जिल्लाका शहिद परिवारका सदस्य सहभागी भएका छन् । उनीहरूले प्रदेश सरकारले आफूहरूको माग पूरा नगरेसम्म घर नफर्किने चेतावनी दिएका छन् ।

शहिद परिवारका सदस्य रामनरेश राय यादवले मुख्यमन्त्री सतिशकुमार सिंहलाई पहिलो मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न पटकपटक भेटेर आग्रह गर्दा पनि बेवास्ता गरेपछि आन्दोलन गर्नुपरेको गुनासो गर्नुभयो ।

TOP