logo
३० माघ २०८१, बुधबार

‘जनताका पीरमर्का बुझ्न जनतामाझ गरिरहेका छौँ’

‘जनताका पीरमर्का बुझ्न जनतामाझ गरिरहेका छौँ’

दाङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू जनताका पीरमर्का बुझ्न जनतामाझ गइरहेको बताउनुभएकाे छ । उहाँले माओवादीप्रति उनीहरुको धारणा सकारात्मक रहेको बताउनुभएकाे हाे ।

प्रेस सेन्टर दाङले शनिबार घोराहीमा आयोजना गरेको पत्रकार भेटमा उहाँले यो सरकार आगामी चुनावसम्म सत्तामा रहे नेकपा माओवादी केन्द्रलाई फाइदा हुने बताउनुभयो ।

सत्तारुढ राजनीतिक दलहरुमा समस्या रहेको र माओवादी केन्द्रभित्र पनि केही त्रुटि रहेका स्वीकार गर्दै तिनलाई सच्च्याएर अगाडि बढ्ने उहाँले जोड दिनुभयो ।

TOP