

नेपालगञ्ज । नेकपा एमाले बाँकेले पार्टी अनुशासनविपरीत काम गरेको भन्दै मंगलबार लुम्बिनी प्रदेशसभा सदस्य दुर्गा चौधरीलाई पार्टी सङ्गठित सदस्यताबाट निलम्बन गरेको छ ।
नेकपा एमाले बाँकेका अध्यक्ष नीरक गुरूङका अनुसार पार्टीलाई हानिनोक्सानी पु¥याउने मनसायका साथ पार्टी अध्यक्ष, महासचिवसमेतको मानहानी हुनेगरी पार्टीका मूल्यमान्यता विपरीत सार्वजनिकरूपमा गालीगलौज गर्ने, सामाजिक सञ्जालमा पार्टीका नेता, कार्यकर्तालाई खुइल्याउनेजस्ता गतिविधि गरेपछि प्रदेशसभा सदस्य चौधरीलाई स्पष्टीकरण सोधिएको थियो ।
प्रदेशसभा सदस्य चौधरीले कमीकमजोरी महसुस गर्नको साटो नेता, कार्यकर्ता र समग्र पार्टीका विरूद्ध लिखित जवाफ दिएपछि विधानमा उल्लेख अनुशासनको कारबाहीको व्यवस्थाअनुरूप पार्टी सदस्यताबाट निलम्बन गरिएको अध्यक्ष गुरूङले जानकारी दिनुभयो ।
बाँके क्षेत्र नम्बर १(२) बाट नेकपा एमालेको तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य थारू लीला गिरी नेतृत्वको सरकारमा वन तथा वातावरणमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो । पूर्व माओवादी सेनामा रहेका थारू नेकपा विभाजनपछि एमालेमै रहेर प्रदेश कमिटीको उपसचिव हुनुभएको थियो । प्रदेश सदस्य चौधरीले निलम्बनको विषय विधानसम्मत नभएको उल्लेख गर्दै आफूलाई औपचारिक रूपमा कुनै पत्र प्राप्त नभएको बताउनुभयो ।
प्रतिक्रिया