logo
३० माघ २०८१, बुधबार

सभापोखरीमा आगलागीबाट ५ घर जले

सभापोखरीमा आगलागीबाट ५ घर जले

सङ्खुवासभा  । सङ्खुवासभाको सभापोखरी गाउँपालिका-६ बाह्रबिसे बजारमा आगलागी हुँदा पाँच वटा घर जलेर नष्ट भएको छ ।

बुधबार भएको आगलागीबाट रामबहादुर राई, अमृता राई, लालसिंह लिम्बूको एकएक वटा र सुरेश तामाङको दुई वटा घर जलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिनुभयाे।

उहाँका अनुसार बुधबार दिउँसो २ बजेदेखि रामबहादुर राईको घरबाट आगलागी सुरु भएको थियो ।

नेपाली सेना, प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो निभाइएको छ ।

TOP