logo
१० माघ २०८१, बिहीबार

अराजकताविरुद्ध कठोर निर्णय हुनेछ : मुख्यमन्त्री कार्की

अराजकताविरुद्ध कठोर निर्णय हुनेछ : मुख्यमन्त्री कार्की

दमक । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबै किसिमका अराजकताका विरुद्ध सरकार कठोर भएर अघि बढ्ने बताउनुभएको छ ।

अराजकता र राजनीतिक अस्थिरतालाई उपयोग गरे नेपाली जनताको विकास र समृद्धिको चाहनामा अवरोध पु¥याउने नयाँ, पुराना जुनसुकै पार्टीका नेता, कार्यकर्तालाई कानुनी कठघरामा ल्याउने सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री कार्कीको बताउनुभयो ।

नेकपा (एमाले) दमक नगर कमिटीले शनिवार पर्यटकीयस्थल इलामको चुलाचुलीस्थित चपेटीमा आयोजना गरेकोबाल प्रतिभाको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एमाले) का स्थायी कमिटी सदस्यसमेत रहनुभएका मुख्यमन्त्री कार्कीले कुनै बहानामा ठगी र अपराध गर्ने कानुनी दायरा बाहिर हुन नसक्ने बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले कुनै दल विशेषको नेता हुँदैमा कानुनी कारबाहीबाट मुक्ति हुनुपर्छ भन्ने तर्क गर्नेले सामाजिक सञ्जालमा अराजकता मच्चाइरहेको उल्लेख गर्नुभयो ।

सत्तरी प्रतिशत जनमतसहितका कांग्रेस-एमालेको सत्ता सहकार्यबाट मुलुकअघि बढिरहेको र यसले सरकारको स्थिरता र जनताको विकास र समृद्धिको चाहनालाई बढाइरहेको उहाँको भनाइ छ ।

सो कार्यक्रममाएमाले केन्द्रीय सदस्य दीपक कार्कीले सरकारको लोकप्रियता विरुद्ध सामाजिक सञ्जालदेखि सडकसम्म विभिन्न अपवाफ फैलाउदै आएको टिप्पणी गर्नुभयो ।अर्काकेन्द्रीय सदस्य इन्द्र भण्डारीलेसरकारकाविरुद्ध लगाइने लांछना र अराजकता रोक्नु पर्ने बताउनुभयो । रासस

TOP