logo
२ चैत्र २०८१, शनिबार

कार्यसम्पादनमा अब्बल भएर सेवा प्रवाह गर्न निर्देशन

कार्यसम्पादनमा अब्बल भएर सेवा प्रवाह गर्न निर्देशन

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पक्षधरताभन्दा कार्यसम्पादनमा अब्बल भएर सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ ।

प्रदेश सरकारअन्तर्गत खुला प्रतिस्पर्धाबाट अधिकृत सातौँमा नियुक्त भएका अधिकृतहरुलाई बिहीबार आयोजित एक कार्यक्रममा मुख्यमन्त्री कँडेलले सेवा प्रवाहमा पक्षधरताभन्दा कार्यसम्पादनलाई प्रमुख ठानेर काम गर्न निर्देशन दिनुभएको हो ।

समाजमा कर्मचारी र राजनीतिक नेतृत्वप्रति हेर्ने दृष्टिकोण सकारात्मक नभएको चर्चा गर्दै मुख्यमन्त्री कँडेलले अब सबै तहका कर्मचारीले समाजलाई सकारात्मक दृष्टिकोण बनाउनेगरी काम थाल्नुपर्नेमा जोड दिनुभयो ।

आफ्नो जिम्मेवारी बढेसँगै आडम्बर समाजलाई देखाउने नाममा गलत काम गरेर आर्थिक हैसियत बढाउने काममा नलाग्न मुख्यमन्त्री कँडेलले कर्मचारीलाई निर्देशन दिनुभयो ।

निजामती कर्मचारी समाजको पथपदर्शक पनि भएकाले सामाजिक रुपान्तरणमा कर्मचारीहरु महत्वपूर्ण योगदान दिनसक्ने मुख्यमन्त्री कँडेलले बताउनुभयाे ।

कर्मचारीले राम्रो काम गरेर देखाए त्यसले समाजमा सकारात्मक प्रभाव पार्ने र नागरिकलाई थितिमा हिँड्न बाध्य पार्ने पनि मुख्यमन्त्री कँडेललको भनाइ थियो ।

TOP