

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको अवस्था बदल्न सहयोग गर्नु सबैको दायित्व भएको बताउनुभएको छ ।
शनिबार वीरेन्द्रनरगमा आयोजित कोपिला भ्याली स्कुल वीरेन्द्रनगर–४ सुर्खेतको १५औँ स्थापना दिवस समारोहमा उहाँले कर्णालीको शिक्षा, स्वास्थ्य, सामाजिक, आर्थिक सुधारका लागि सबैले गम्भीर भएर सोच्नुपर्ने बताउनुभएकाे हाे।
कर्णालीको शैक्षिक उन्नयनमा कोपिला भ्याली स्कुलले महत्वपूर्ण भूमिका खेलेको भन्दै मुख्यमन्त्री कँडेलले शिक्षा मात्र नभई पछिल्लो समय उक्त स्कुल पर्यटकीय एवं रमणीयस्थलका रूपमा विकास हुँदै गएकामा खुसी व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री कँडेलले सामुदायिक विद्यालयको अवस्था सुधारका लागि कोपिला भ्याली सहयोगी बन्नसक्ने समेत बताउनुभयो ।
मुख्यमन्त्री कँडेलले प्लास्टिकमुक्त नगरपालिका घोषणाका लागि नगरप्रमुख, वडा नं ४, यहाँको टोल विकास समिति र कोपिला भ्यालीबीच सहकार्यका लागि आग्रह गर्नुभयो ।
कोपिला भ्यालीका प्रबन्ध निर्देशक टोपबहादुर मल्लले १५ वर्षको सङ्घर्षमय यात्रामा सबैको सहयोग र सद्भाव रहेको बताउनुभयो ।
प्रतिक्रिया