logo
२ चैत्र २०८१, शनिबार

अख्तियार थप जिम्मेवार बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

अख्तियार थप जिम्मेवार बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोग थप जम्मेवार बन्नुपर्ने बताउनुभएको छ ।

दुःख दिने नियतले हालिएका उजुरीबारे अख्तियार सचेत हुनुपर्ने उहाँले बताउनुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतद्वारा साेमबार सुर्खेत आयोजित कार्यक्रममा मुख्यमन्त्री कँडेलले विकास निर्माण गर्दा आफूले पाए ठीक र अरुले पाए बेठीक भन्दै उजुरी दिने चलनको अन्त्य हुनुपर्ने बताउनुभयो ।

विकास निर्माणका काममा सबै पक्ष उत्तिकै जिम्मेवार भएर लाग्नुपर्नेमा उहाँको जोड थियो ।

कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले अख्तियारको भूमिका बदल्नुपर्ने बताउनुभयो । अख्तियारले गरेका काम अदालतबाट उल्टिएका उल्लेख गर्दै उहाँले यि विषयमा छलफल हुनुपर्ने बताउनुभयो ।

“समाजमा डरको आभास भएन त्यो समाज छाडा हुन्छ”, प्रदेश प्रमुख जोशीले भन्नुभयो । राज्यका नियमनकारी निकाय बलिया हुनुपर्नेमा उहाँको जोड थियो ।

TOP