

सुर्खेत । ठेकदार कम्पनीको लापर्वाहीका कारण कर्णाली प्रदेश सरकारका दर्जनौँ बहुवर्षीय आयोजना अलपत्र परेका छन् ।
प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गतका ३३ ठूला आयोजनाको काम ठेकेदारहरुको लापर्वाहीले अलपत्र परेका हुन् ।
मन्त्रालयका अनुसार सुर्खेतका सात, दैलेखका र जाजरकोटका पाँच-पाँच कालीकोट तथा मुगुका चार-चार आयोजना अलपत्र अवस्थामा छन् ।
यस्तै, सल्यान र रुकुम पश्चिमका दु-दुई वटा बहुवर्षीय योजना ठेकेदारको लापर्वाहीका कारण अलपत्र रहेको मन्त्रालयका सूचना अधिकारी एवं सिनियर इन्जिनीयर प्रवीण कार्कीले जानकारी दिनुभयो । जुम्ला र डोल्पामा एक-एक आयोजना अलपत्र अवस्थामा रहेको उहाँको भनाइ छ ।
प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री शेरबहादुर बुढाले व्यवसायीसँग छलफल गरिरहेको र काम छिटो अगाडि बढाउन निर्देशन दिएको बताउनुभएको छ । उहाँले समयमै काम सक्नुपर्ने भन्दै अझै निर्माणको काममा लापर्वाही भए कालोसूचीमा राख्न बाध्य हुने चेतावनी दिनुभयो । रासस
प्रतिक्रिया