

सुर्खेत । जुम्ला जिल्लामा अब नागरिकताको प्रमाणपत्र लिनका लागि स्थानीय तहबाटअनलाइनमार्फत सिफारिस सेवा सुरुआत हुने भएको छ ।
आगामी माघदेखि जिल्लाका आठवटै स्थानीय तहमा यो सेवा सुरु गर्न तयारी गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले जानकारी दिनुभयो ।
यसअघि स्थानीय तहका प्रमुख र जिल्ला समन्वय समितिका प्रमुखसँग बैठक गरी अनलाइनबाट सिफारिसका विषयमा छलफल भइसकेको उहाँले बताउनुभयो ।
गृह मन्त्रालयको केन्द्रिकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमार्फत अनलाइन नागरिकता सिफारिस अगाडि बढाइएको प्रजिअ शाहीले बताउनुभयाे ।
अनलाइन प्रणालीबाटै नागरिकताको सिफारिस दिन सकिने बताउँदै उहाँले कर्मचारीलाई आवश्यक तालिम दिइने जनाउनुभयाे ।
प्रतिक्रिया