logo
४ माघ २०८१, शुक्रबार

लगानीमैत्री कानुन निर्माण गर्न आग्रह

लगानीमैत्री कानुन निर्माण गर्न आग्रह

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले लगानी बोर्डलाई लगानीमैत्री कानुन निर्माण गर्न आग्रह गर्नुभएको छ ।

लगानी बोर्ड नेपालको आयोजनामा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बुधरबारदेखि सुरु भएको ‘सार्वजनिक निजी साझेदारीसम्बन्धी प्रादेशिक छलफल’को उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले लगानीमैत्री कानुन निर्माणले मात्र कर्णाली जस्ता अपार सम्भावना भएका क्षेत्रको सम्बोधन हुने बताउनुभयो ।

कर्णालीको बसाइँसराइको समस्या समाधानका लागि सङ्घीय सरकारले कर्णालीका दुई ठूला परियोजना भेरी र कर्णाली करिडोर अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सम्भावना हुँदाहुँदै विकासमा पछि परेको कर्णाली प्रदेशको विकासलाई प्राथमिकतामा राखेर लगानी बोर्डले काम थाल्ने बताउनुभयो ।

लगानी बोर्डले छ अर्ब माथिका परियोजनामा लगानी गर्ने र त्यसभन्दा मुनिका आयोजना सम्बन्धित मन्त्रालय तथा विभागले हेर्ने जनाउँदै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले प्रदेश तथा स्थानीय तहका आयोजना सार्वजनिक निजी साझेदारीमा सहयोग गर्ने उल्लेख गर्नुभयो । प्रादेशिक छलफल बिहीबारसम्म चल्ने जनाइएको छ ।

ताजा अपडेट
TOP