logo
२४ माघ २०८१, बिहीबार

विवाह गर्ने जोडीलाई बधाई सहित प्रमाणपत्र पत्र !

विवाह गर्ने जोडीलाई बधाई सहित प्रमाणपत्र पत्र !

 

जुम्ला । जुम्लाको पातारासी गाउँपालिकाले उमेर पुगी विवाह गर्ने जोडीलाई बधाई प्रमाणपत्र प्रदान गर्दै आएको छ । गाउँपालिकाले उमेर पुगेर विवाह गर्ने नव जोडीलाई बधाई प्रमाणपत्र प्रदान गर्ने गरेको हो ।

गाउँपालिका महिला तथा बालबालिका शाखाका प्रमुख भगवती गिरीले बाल विवाह बढी हुने वडामा विवाहित नयाँ जोडीलाई बधाई पत्र दिएर यो कार्यको सुरूआत गरिएको महिला जानकारी दिनुभयो ।

उमेर पुगेपछि मात्र विवाह गर्ने प्रचलनलाई प्रवर्द्धन गर्न यो उपाय अपनाइएको र यसले नयाँ पुस्तामा सही सन्देश पुर्‍याएर बालविवाह गर्ने परम्परागत हानिकारक अभ्यास अन्त्य गर्न सहयोग पुर्‍याउने विश्वास गरिएको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराको भनाइ छ ।

सोही योजनाअनुरूप पातारासी गाउँपालिका-७ रिनीका अर्जुन खड्का र लालमाया बुढा खड्कालाई पहिलो बधाई पत्र प्रदानसमेत गरिएको छ ।

यो जोडीले २० वर्ष उमेर पूरा गरी विवाह गरेकाले बालविवाह न्यूनीकरणको लागि प्रेरणादायी उदाहरण प्रस्तुत गरेको भन्दै सम्मान गरिएको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले बताउनुभयो ।

 

ताजा अपडेट
TOP