logo
४ माघ २०८१, शुक्रबार

‘सुन्दर भवनले हैन, सेवाले जनताको अवस्था बदलिन्छ’

‘सुन्दर भवनले हैन, सेवाले जनताको अवस्था बदलिन्छ’

सुर्खेत। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सुन्दर भवनले नभई सेवाले मात्र जनताको अवस्था बदलिने बताउनुभएको छ ।

कालीकोट सदरमुकाम मान्मस्थित सोमवार जिल्ला अस्पतालको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले सेवाको अनुभूति हुने गरी हरेक क्षेत्रले काम गर्नुपर्ने बताउनुभयो ।

प्रदेश सरकारले आफ्नो क्षमताअनुसार मात्र काम गर्न सक्ने उहाँको भनाइ छ ।
उहाँले सेवालाई अनुसन्धानका रुपमा बुझ्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सुझाव दिनुभयो ।

सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले सीमित जनशक्तिले ठूलो जनसङ्ख्यालाई सेवा दिनुपर्ने भएकाले सकेसम्म सेवालाई गुणस्तरीय बनाउनतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

राजमार्ग नजिकका अस्पताललाई जनशक्ति र साधनस्रोत सम्पन्न बनाउन प्रदेश सरकारले प्राथमिकतामा दिइरहेको उहाँकोभनाइ छ ।

TOP