logo
शुक्रबार, ३० जेष्ठ २०८२

वर्तमान सरकार स्थायित्वका लागि हो : उपप्रधानमन्त्री सिंह

वर्तमान सरकार स्थायित्वका लागि हो : उपप्रधानमन्त्री सिंह

बागलुङ । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकार स्थायित्व र नागरिकको पक्षमा काम गर्न बनेको बताउनुभएको छ ।

नेपाली कांग्रेस बागलुङले मंगलबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै यसभन्दा अगाडि बनेका धेरै सरकार अस्थितर बन्दा नागरिकमा निराशा बढेको भन्दै अहिले दुई ठूला दल मिलेर यो सरकार गठन भएको मन्त्री सिंहले स्पष्ट पार्नुभयो ।

सरकार गठन गर्दा भएको सात बुँदे सम्झौत अनुसारनै अगाडि बढेको भन्दै नागरिकमा भरोसा जगाउने गरी सरकारले काम गरिरहेको उहाँको भनाइ छ ।

राजनीतिक स्थिरता र आर्थिक विकासका लागि सरकार गम्भीर भएर लागेको मन्त्री सिंहले बताउनुभयो ।

देशमा सङ्कट पर्दा कांग्रेसले निकास दिँदै आएको र पार्टीलाई बलियो बनाउन जनस्तरबाटै लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

TOP