भरतपुर । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुर महानगरको सबै क्षेत्रमा सन्तुलित विकास भएको बताउनुभएको छ ।
भरतपुरस्थित मेघौलीमा मंगलवार आयोजना गरिएको भरतपुर भ्रमण वर्ष २०२४ वार्षिकोत्सव तथा राष्ट्रिय रैथाने खाना महोत्सव २०८१ को समापन समारोहलाई सम्बोधन गर्दै उहाँले विकास गर्नै सक्दैनन् भन्ने निरासाजनक भाष्य रहेको अवस्थाबाट उठेर भरतपुर महानगरपालिकाले सबै क्षेत्रमा विकास गरेको बताउनुभयो ।
भरतपुर महानगर प्रमुख रेनु दाहाले भरतपुर तथा मेघौलीलाई पर्यटनबाट विकास गर्नका लागि सुरक्षित सहरको रूपमा विकास गर्दै आइएको बताउनुभयो ।
प्रमुख दाहालले अहिले मेघौली विमानस्थल सञ्चालनको कामभन्दा पनि यहाँको गोलाघाटमा पुल निर्माणको आवश्यकता बढी रहेको उल्लेख गर्नुभयो ।
नेपाल पर्यटन बोर्डका कार्यकारी उपाध्यक्ष कमलप्रसाद सापकोटाले भरतपुरसँग समन्वय गरी यहाँ विभिन्न पर्यटकीय गतिविधि सञ्चालन हुँदै आएको बताउनुभयो रासस
प्रतिक्रिया