logo
४ माघ २०८१, शुक्रबार

नुवाकोटमा २ सय १० जना किसान सम्मानित 

नुवाकोटमा २ सय १० जना किसान सम्मानित 

नुवाकोट । ‘युवा किसान सञ्जाल’ले जिल्लाको नुवाकोटको कृषि क्षेत्रको विभिन्न विधामा योगदान पुर्यायउँदै आएका दुई सय दश जना किसानलाई सम्मान गरेको छ ।

ककनी-२ नुवाकोटमा मुख्य कार्यालय रहेर किसानको पक्षमा वकालती गर्दै आएको उक्त संस्थाले बुधवार एकैदिन कृषिकोविभिन्न क्षेत्रमा योगदान पुर्याएउँदै आएका किसानलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा योगदानको आधारमा जिल्लास्तरीय, पालिकास्तरीय, वडास्तरीय, कृषि र पशुपन्क्षी पालन, दूध उत्पादक लगायतका क्षेत्रमा आबद्ध किसान रहेका छन् ।

‘उत्कृष्ट किसान’ लाई सम्मान गर्दै बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठले किसानको मिहिनतले देशको आर्थिक रूपान्तरणमा महत्त्वपूर्ण योगदान पुगेको उल्लेख गर्नुभयो ।

किसानको जीवनस्तर उकास्दै जनजीवन सुधारको लागि बागमती प्रदेश सरकारले सङ्घ र पालिकासँगको सहकार्यमा विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।

युवा किसान सञ्जालले नुवाकोटमा रहेका बाह्रवटा पालिका र ८८ वटा वडाबाट लिएको जानकारी, सङ्कलन गरेको तथ्याङ्क कृषि क्षेत्रमा पु¥याउँदै आएको योगदानको आधारमा उत्कृष्ट छनोट भएका २ सय १० जनालाई सम्मान गरेको अध्यक्ष श्रीराम घिमिरेले जानकारी दिनुभयो ।

कृषि क्षेत्रको विकासको लागि विभिन्न प्रयास गर्दै आउनुभएका सञ्जालका अध्यक्ष घिमिरेले विगतको तुलनामा किसानको जीवनस्तरमा सुधार हुँदै आएकाले अब निराश हुनुपर्ने अवस्था नभएको बताउनुभयो ।

तर, शिक्षित युवालाई पेसामा आबद्ध गराउन र लगानीमैत्री वातावरण बनाउन भने सरकारको नीति तथा कार्यविधिमा धेरै सुधार आवश्यक रहेको उहाँको भनाइ छ ।

TOP